सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ


  •    न्युजभित्तो/१० पुष २०८२, बिहीबार १३:०१ 
  • काठमाडौँ, १० पुस । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल क्षेत्रबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतका २१ वर्षीय मुर्सालेन हुसेनलाई पक्राउ गरी आज सार्वजनिक गरिएको ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो । “अनुसन्धानका क्रममा पक्राउ परेका तीन जनाले नेपालमा बसेर लागुऔषध कोकिनको कारोबार गर्ने गरेको पाइएको छ”, उहाँले भन्नुभयो ।

    प्रवक्ता निरौलाले लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी कामासँग ५५० ग्राम र लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतका जेभियर र नेपालमा कोकिन लिन आएका भारतका अर्का नागरिक मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन बरामद गरिएको उल्लेख गर्नुभयो । थाइल्याण्ड नागरिक कामाले १२ वटा प्लाष्टिकमा क्याप्सुलभित्र र भारतीय नागरिकले जेभियरले सुटकेसभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले कोकिन बरामद गरेको उहाँले बताउनुभयो ।

    प्रहरीले पक्राउ जरेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.