सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड


  •    न्युजभित्तो/१० पुष २०८२, बिहीबार १२:१६ 
  • मोरङ, १० पुस । कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ बैंकको व्यवस्था गर्न सरोकारवालाले जोड दिएका छन् । 

    जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) पोखराको सहकार्य तथा कृषि विकास निर्देशनालय, कोशी प्रदेशसँगको समन्वयमा सामुदायिक बीउ बैंक सङ्घ नेपाल, कावासोती नवलपरासीले बुधबार विराटनगरमा ‘कोशी प्रदेशमा सामुदायिक बीउ बैंक स् वर्तमान अवस्था र विस्तारको आवश्यकता’ विषयक अन्तरक्रिया गरेको थियो । सो अन्तरक्रियामा सरोकारवालाले  स्थानीय र रैथाने जातका बीउको संरक्षणका लागि हरेक स्थानीय तहमा बीउ बैंक आवश्यक भएको बताएका हुन् ।

    कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले स्थानीय र रैथाने जातको बीउ संरक्षणका लागि सरकारले काम गरिरहेको बताउँदै स्थानीय उत्पादनबाट बनेका परिकारलाई विद्यालय तथा सरकारी कार्यालयमा खाजाका रुपमा प्रयोग गरी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    सामुदायिक बीउ बैंक सङ्घ नेपालका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले बीउ बैंक वर्तमान र भविष्यको खाद्य सुरक्षा, पोषण, पर्यावरण, कृषि अनुसन्धान र विकासको आधार भएको बताउँदै रैथाने र स्थानीय बीउ संरक्षणका लागि तीन तहकै सरकार मातहतका निकायको साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो । 

    सामुदायिक बीउ बैंक सङ्घ नेपालका सञ्चालक सदस्य डिल्ली पौडेलले आगामी आर्थिक वर्षमा प्रदेशको पहलमा जिल्लामा बीउ संरक्षणका लागि समावेश गर्न सकिने सम्भावनाको खोजी र मूलप्रवाहिकरण तथा विस्तारको मार्ग पहिचान गर्ने उद्देश्यले कार्यत्रक्रम आयोजना गरिएको बताउनुभयो । 

    कोशी प्रदेशमा सामुदायिक बीउ बैंकको सङ्ख्या चार वटा छ । चारपाते बीउ बंैक मोरङ, शिवगञ्ज सामुदायिक बीउ बैंक झापा, तामाफोक सामुदायिक बीउ बैंक, सङ्खुवासभा र षडानन्द बीउ बैंक भोजपुर रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.