सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति


  •    न्युजभित्तो/१० पुष २०८२, बिहीबार १२:०४ 
  • गाईघाट (उदयपुर), १० पुस । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबारदेखि गएरातिसम्म त्रियुगा–५ बागचौरी, त्रियुगा–६ मोहनपुर र लालपता, त्रियुगा–७ चुहाडेबेलौरी क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर १२ भन्दा बढी घरमा क्षति पुर्‍याएको हो ।

    सोमबार रातिमात्र करिब ७० जतिको समूहमा आएका हात्तीले नगरका वृहस्पती सदा, विष्णु भुजेल, मोहन कार्की, रुद्र पोखेरेललगायत स्थानीयको घर भत्काएको विष्णु भुजेलले जानकारी दिनुभयो ।

    मङ्गलबार राति समूहमा आएका हात्तीले वडा नं ६ मोहनपुरका बिन्दा कार्की, राज कार्कीलगायत स्थानीयको घरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । वडा नं ६ को लालपता र वडा नं १ को जोगीदह क्षेत्रमा हात्तीले घरमा राखिएको अन्न खानुका साथै घर भत्काएर क्षति पु¥याएको स्थानीय देवीलाल चौधरीले बताउनुभयो ।

    रातिको समयमा ७०–७५ जतिको समूहमा हात्ती आउने, गाउँमा प्रवेश गरी अन्न खाने, घर भत्काउनेलगायत उपद्रो गर्न थालेपछि सुरक्षाका लागि स्थानीय राति आगो तापेर बस्न थालेका त्रियुगा–६ मोहनपुरका कृष्ण कार्कीले बताउनुभयो । “कतिपय स्थानीयको घर पूर्ण रूपमा क्षति भएका छन् घने कतिपयका आंशिक क्षति भएका र भत्किएका छन्”, उहाँले भन्नुभयो ।

    हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयले रातिको समयमा सावधानी अपनाउन, सुरक्षित स्थानमा समूह बनाएर बस्न स्थानीयलाई आग्रह गरेको छ ।

    प्रहरीले ‘माइकिङ’ गरी स्थानीयलाई सचेत भई आवश्यक सावधानी अपनाउन आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताउनुभयो । “हात्तीलाई तर्साएर भगाउन मात्र सकिने भएकाले समूहमा बसेर हात्ती भगाउन आग्रह गरिरहेका छौँ । प्रहरीले पनि स्थानीयसँगको समन्वयमा गाउँमा हात्ती प्रवेश गर्न नदिन रातिको समयमा गस्ती गर्ने योजना बनाएको छ”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.