सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरको पाँचपालिकामा विपद् जोखिम न्यूनीकरण कार्यक्रम


  •    न्युजभित्तो/१० पुष २०८२, बिहीबार ११:१६ 
  • कञ्चनपुर, १० पुस । कञ्चनपुरका पाँचवटा स्थानीय तहमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ ।

    कार्यक्रम जिल्लाका लालझाडी, बेलौरी, शुक्लाफाँटा, पुनर्वास र भीमदत्तलगायतका पाँच पालिकामा जोखिमयुक्त समुदायमा सञ्चालित छन् ।

    बाढी तथा गर्मी ९तातो हावा० को प्रभावबाट जोखिममा रहेका समुदायको उत्थानशीलता निर्माण गर्ने, पूर्व चेतावनी प्रणालीमा सुधार गर्ने र विपद्पश्चात् जीवनशैली पुनःस्थापना गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका अधिकृत दिलबहादुर ढाँटले बताउनुभयो ।

    कार्यक्रमले जीविकोपार्जनका पाँच पुँजीहरू ९आर्थिक, प्राकृतिक, भौतिक, सामाजिक र मानवीय० लाई आधारमानी समुदायलाई सक्षम बनाउने रणनीति लिएर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ रहेको छ ।

    शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले नगरपालिकामा कार्यक्रमको केही प्रभावकारिता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन, जैविक तटबन्ध निर्माण र लक्षित समुदायको आयआर्जनमा यस कार्यक्रमले टेवा पु¥याएको छ, विशेष गरी जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूका लागि यो कार्यक्रम सहयोगीसिद्ध भएको छ ।” यस कार्यक्रमलाई अझै नगरपालिकाका सबै वडामा प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रमले उत्थानशील प्रणालीका चार विशेषताहरू—शीघ्रता, स्रोत–साधन सम्पन्नता, दरिलोपना र अतिरिक्ततामा आधारित भई कार्य गरिरहेको कार्यक्रमका प्राविधिक जनक लेखकले बताउनुभयो । उहाँका अनुसार जसअन्तर्गत बाढीका ५२ वटा र तातो हावाका ५० सूचकहरूका आधारमा जोखिम मापन र प्रतिकार्यका योजनाहरू बनाई कार्य गरिएको थियो ।

    सन् २०२५ मा रु २८ लाख ९५ हजार ४९ लागतमा विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । कार्यक्रमअन्तर्गत यसमा ४६५ मिटर जैविक तटबन्ध निर्माणमा रु १६ लाख ५३ हजार र सुरक्षित आवासस्थल मर्मतमा रु तीन लाख ९७ हजार खर्च गरिएको छ ।

    यसैगरी, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता विकास, प्राथमिक उपचार तालिम, खोज तथा उद्धार तालिम, र बगरखेतीमार्फत आयआर्जनमा सहयोग पु¥याइएको छ । कार्यक्रममार्फत ३०० बढी बासिन्दा लाभान्वित भएको बताइएको छ ।

    कार्यक्रमले वडास्तरमा आपत्कालीन सामग्री सहयोग गर्नुका साथै विद्यालयहरूमा जलवायु सचेतना कार्यक्रम र पूर्वसूचनाका लागि जल तथा मौसम विज्ञान स्टेशनहरूसँगको समन्वयलाई समेत प्राथमिकता दिएको छ । आगामी वर्षका लागि परियोजनाले विपद् बिमा, जोखिम स्थानान्तरण र प्रकृतिमा आधारित समाधानका कार्यहरूलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.