सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केयुमा ‘आइटी–मिट’को आयोजना


  •    न्युजभित्तो/९ पुष २०८२, बुधबार १२:५६ 
  • काभ्रेपलाञ्चोक, ९ पुस । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट–२०२५’को आयोजना गरिएको छ । विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

    आइटी–मिटमार्फत विद्यार्थीको प्राविधिक क्षमता, नेतृत्व र सृजनशीलता प्रदर्शन गर्ने उत्कृष्ट ‘प्लेटफर्म’ प्रदान गर्दै आएको क्लबले जनाएको छ । मिटअन्तर्गत यस सातामा अन्य विविध कार्यक्रम सञ्चालन गरिए पनि मिटको मुख्य कार्यक्रम पुस ११ गते ‘प्रोजेक्ट’ प्रदर्शनीमा विद्यार्थीले बनाएका हार्डवेयर र सफ्टवेयरको प्रदर्शनी हुने क्लबका उपाध्यक्ष किरण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार करियर फेयरका ११ भन्दा बढी कम्पनीको स्टल राखिनेछ । जहाँ विद्यार्थीले रोजगारीका अवसर र नेटवर्किङको मौका पाउनेछन् । ‘दी एआई वेभः इलुजन अर इनोभेसन’ शीर्षकमा प्यानल छलफल र ‘आइटी क्विज’लगायत विविध कार्यक्रम रहेको दाहालले बताउनुभयो ।

    यस्तै ‘कनेक्ट, कम्प्युटर, क्रियट’ भन्ने मूल नाराका साथ आयोजित आइटी मिटमा १५ भन्दा बढी विभिन्न कार्यक्रम समावेश गरिएको जनाइएको छ । मिटमा प्रि–इभेन्टअन्तर्गत ‘इम्पावर–हर’, ‘वी शिल्ड साइबर’, ‘गेमिङ इभेन्ट्स’, ‘आइडिया पिचिन्ङ’ रहेको र प्रदर्शनी र पोस्ट–इभेन्टका विभिन्न कार्यक्रम रहेको छ ।

    विश्वविद्यालयको कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित क्लबले साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधिको विकास र शिक्षाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाइयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.