सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिरुवा संरक्षण गर्दै ‘पौवादुङमा’


  •    न्युजभित्तो/९ पुष २०८२, बुधबार १२:४८ 
  • भोजपुर, ९ पुस । यहाँको पौवादुङमा गाउँपालिकाले पर्यटकीय क्षेत्र च्याङ्ग्रेमा रोपिएका बिरुवाको संरक्षण थालेको छ । हिउँदयाममा पानीको अभावका कारण बिरुवा सुक्ने जोखिम बढेपछि गाउँपालिकाले नियमित सिँचाइ, हेरचाह तथा संरक्षणका कार्यक्रम सुरु गरेको हो ।

    च्याङ्ग्रे पोखरी तथा पौवादुङमा रङ्गशालाको आसपास क्षेत्रमा रोपिएका बिरुवालाई खडेरीबाट जोगाउन पानी व्यवस्थापन, मलजल, घेराबार तथा निगरानीका काम भइरहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणलाई प्राथमिकतामा राखिएको छ । “च्याङ्ग्रे क्षेत्रलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “साउन–भदौमा रोपिएका बिरुवा हिउँदमा मर्ने सम्भावना रहेकाले संरक्षणमा विशेष ध्यान दिएका हौँ ।”
    आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गाउँपालिका र डिभिजन वन कार्यालयको साझेदारीमा च्याङ्ग्रे क्षेत्रमा विभिन्न जातका गुँरास, धुपी, कल्कीलगायतका विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो । रोपिएका बिरुवाको संरक्षणका लागि हेरालुसमेत व्यवस्था गरिएको छ ।

    हरियाली प्रवर्द्धनसँगै वातावरणीय सन्तुलन कायम राख्दै, भूक्षय नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रमको उद्देश्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । च्याङग्रे क्षेत्र प्राकृतिक सौन्दर्य, पोखरी, खुला खेलमैदान र मनोरम दृश्यका कारण पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

    गाउँपालिकाले आगामी दिनमा थप वृक्षरोपण, पदमार्ग सुधार, विश्रामस्थल निर्माण तथा अन्य पूर्वाधार विकासका कामलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ । यसले स्थानीय पर्यटनसँगै रोजगारी सृजना र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.