सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’


  •    न्युजभित्तो/९ पुष २०८२, बुधबार १२:३७ 
  • हेटौँडा, ९ पुस । उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै पूर्वशर्त भएको निष्कर्ष निकाल्दै ‘समावेशी र उत्थानशील नेपाल निर्माणसम्बन्धी बहस’ विषयक अन्तरराष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ ।

    नेपाल समाजशास्त्र सङ्घ र मकवानपुर बहुमुखी क्याम्पसद्वारा संयुक्त रूपमा यहाँ आयोजित सो तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका वरिष्ठ समाजशास्त्रीहरूको सहभागिता रहेको थियो । सम्मेलनका क्रममा विभिन्न क्षेत्रका ७० भन्दा बढी अध्ययन, अनुसन्धानका निष्कर्ष एवं सवालहरूमा प्रस्तुतीकरण, बहस र छलफल गरिएको थियो ।

    सम्मेलनको उद्घाटनसत्रमा समाजशास्त्र सङ्घका अध्यक्ष प्रा डा गणेशमान गुरुङले समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो भन्नुभयो । उहाँले भन्नुभयो, “उत्थानशील र समावेशी नेपाल निर्माणका लागि स्थायित्व नै पूर्वशर्त हो ।”

    वरिष्ठ समाजशास्त्री प्रा डा कैलाशनाथ प्याकुरेलले समाजको आवश्यकता र बनोटलाई बुझ्न नसक्दा राजनीतिक स्थायित्व नभएको टिप्पणी गर्नुभएको थियो ।

    कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, हेटाँैडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, त्रिवि शिक्षाध्यक्ष प्रा डा खड्ग केसी, भारतीय समाजशास्त्र सङ्घका सचिव श्वेता प्रसादलगायतले समाजशास्त्रीय महत्वका विभिन्न आयाममा चर्चा गर्नुभएको थियो ।

    सम्मेलनका विभिन्न सत्रमा शिक्षा, स्वास्थ्य, प्रविधि, जलवायु परिवर्तन, लैङ्गिक शक्ति र सम्बन्धलगायत विभिन्न क्षेत्रहरूका सामाजिक पक्षलाई समाजशास्त्रीय सिद्धान्तका आधारमा विश्लेषण गरिएका अनुसन्धान कार्यपत्रहरूको प्रस्तुतीकरण एवं बहस र छलफल गरिएको थियो ।

    यस्ता थिए अनुसन्धानपत्रका क्षेत्र

    नेपालमा पितृसत्ता, लैङ्गिक शक्ति सम्बन्ध र नारीवादी रूपान्तरणहरू, नेपालमा विद्यालय शिक्षाको इतिहास, लैङ्गिक निकाय, श्रम, स्वास्थ्य अभ्यास र दैनिक असमानता, डिजिटल समाज, प्रविधि, सामाजिक परिवर्तन, जाति, नागरिकता र समावेशीकरणको परिवर्तनशील गतिशीलता÷बहिष्करण, नेपालमा आदिवासी पहिचान र मान्यताको राजनीति, जलवायु परिवर्तन, वातावरण, संरक्षण र प्रकोप अध्ययन, बसाइँसराइ, गतिशीलता र जनसाङ्ख्यिकीय परिवर्तन, विकास, पूर्वाधार, भूमि र अर्थतन्त्र, समाजशास्त्र विकास, न्याय र समुदाय रूपान्तरणहरू, डिजिटल रूपान्तरण नेपालको स्वास्थ्य र शिक्षा प्रणालीमा ज्ञान उत्पादन र समानता ।

    सम्मेलनकै क्रममा स्थानीय तहमा सङ्घीयताको अभ्यास, सिकाइ र चुनौती विषयक छलफल समेत सम्पन्न भएको थियो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले सिकाइ र चुनौतीहरूका बारेमा प्रस्तुति गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.