सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धनगढीमा महेश बस्नेविरुद्ध जेनजी युवाको प्रदर्शन


  •    न्युजभित्तो/११ मंसिर २०८२, बुधबार १६:१५ 
  • काठमाडौं, १० मंसिर । धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले विरोध प्रदर्शन गरेका छन् ।

    बुधबार बिहान धनगढी बजारमा प्लेकार्ड लिएर नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले विरोध प्रदर्शन गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्तिपूर्ण रूपमा जेनजीले विरोध गरेको जानकारी दिए । “जेनजी युवामार्फत शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने सूचना आएको थियो । त्यसपछि प्रदर्शन क्षेत्रको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ,” उनले बाह्रखरीसँग भने ।

    तनाव सिर्जना हुने कुनै पनि किसिमका गतिविधि नभएको पनि उनले बताए ।

    यसअघि ४ मंसिरमा बारामा पनि बस्नेतविरुद्ध जेनजी युवाले प्रदर्शन गरेका थिए । त्यसपछि ७ मंसिरमा इटहरीमा नेता बस्नेत चढेको गाडीमा युवाले रातो रङ प्रहार गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.