सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनपिएलः नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन


  •    न्युजभित्तो/११ मंसिर २०८२, बुधबार १५:५८ 
  • काठमाडौँ, १० मङ्सिर । क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग ९एनपिएल० मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालिएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका छन् ।

    एघार खेल सकिँदा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका प्रतिक्रिया आइरहेका हुन् । सम्पन्न ११ मध्ये चार खेलमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गरेर आफ्नो टिमलाई जिताएर ‘प्लेयर अफ द म्याच’ समेत भएका छन् ।

    चारमध्ये पछिल्लो तीन खेलमा लगातार रूपमा नेपाली खेलाडी चम्किँदै ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । मङ्सिर ९ गते सम्पन्न खेलमा काठमाडौँ गोर्खाजका कप्तानसमेत रहेका करण केसीले ११ बलमा अविजित ३४ रन र बलिङमा एक विकेट लिएर आफ्नो टिमलाई जिताए । लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै उनी उक्त खेलका उत्कृष्ट खेलाडी करण चुनिए ।

    मङ्सिर ८ गते सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध अलराउण्ड प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट खेलाडी चयन भए । सुदूरपश्चिम ४छ रनले विजयी भएको सो खेलमा दीपेन्द्रले चार विकेट लिनुका साथै ब्याटिङमा ३९ रनको योगदान गरेका थिए ।

    मङ्सिर ८ गते सम्पन्न पहिलो खेलमा जनकपुर बोल्ट्सलाई नौ रनले हराएको विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेले । चार विकेट लिएर टिमलाई जिताउन महत्वपूर्ण योगदान दिएका उनले ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

    मङ्सिर २ गते भएको पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको विराटनगरका लागि लोकेश बम उत्कृष्ट खेलाडी भए । उनले ७८ रनको पारी खेलेका थिए । यसैबीच एनपिएलको पहिलो खेलमा मङ्सिर १ गते काठमाडौँले जनकपुरलाई पाँच विकेटले हरायो । जसमा अलराउण्ड प्रर्दशन गर्दै विदेशी खेलाडी मिलिन्द कुमार ‘प्लेयर अफ द म्याच’ भए । उनले तीन विकेट लिनुका साथै १९ रन हिर्काएका थिए ।

    यस्तै मङ्सिर २ गते भएको पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको खेलमा चितवन राइनोजका विदेशी खेलाडी रवी बोपरा उत्कृष्ट भए । उनले ५२ रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए । मङ्सिर ३ गते भएको पहिलो खेलमा काममाडौँलाई २९ रनले स्तब्ध पार्दै सुदूरपश्चिमले जितेको खेलमा पनि विदेशी खेलाडी हर्मित सिंह उत्कृष्ट चुनिए । उनले ब्याटिङमा ५३ रन र दुई विकेट हात पारेका थिए ।

    मङ्सिर ४ गते भएको चितवनविरुद्धको खेलमा पोखराले छ विकेटको जित दर्ता ग¥यो । जसमा पनि विदेशी खेलाडी रुबेन ट्रपेलम्यानले तीन विकेट लिँदै प्लेयर अफ द म्याच भए । मङ्सिर ५ मा सम्पन्न पोखराविरुद्धको खेलमा सुदूरपश्चिम १८ रनले विजयी भयो । उक्त खेलमा विदेशी खेलाडी जोश ब्राउनले ६८ रन हिर्काउँदै उत्कृष्ट भए ।

    मङ्सिर ६ गते लुम्बिनीलाई नौ विकेटले हराएको खेलमा कर्णाली याक्सका विदेशी खेलाडी मार्कबाट उत्कृष्ट भए । उनले ११४ रन बनाउनुका साथै एक विकेट हात पारेका थिए । सोही दिन भएको अर्को खेलमा विराटनगरले काठमाडौँलाई पाँच विकेटले हरायो । जसमा मर्चेन्ट डे लाङगेले दुई विकेट लिँदै प्लेयर अफ द म्याच भए । हालसम्म सुदूरपश्चिमले लगातार तीन खेल जितेर छ अङ्कका साथ शीर्ष स्थानमा छ ।

    समान तीन खेल खेलेर छ अङ्क जोडेको विराटनगर रनरेटका आधारमा दोस्रो स्थानमा छ । चारमध्ये दुई खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल जितेको कर्णाली चौथो, दुईमा एक जितेको चितवन पाँचौँ, तीनमा एक जितेको लुम्बिनी छैटौँ, दुईमा दुई हारेको जनकपुर सातौँ र दुईमा दुई नै हारेको पोखरा पुछारमा छ ।

    व्यक्तिगत रूपमा सर्वाधिक रनकर्तामा कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडी मार्कबाट रहेका छन् । उनले हालसम्म सबैभन्दा बढी १४७ रन बनाएका छन् । उनले प्रतियोगितामा शतकसमेत हिर्काएका थिए । जुन जारी सिजनको हालसम्मको एकमात्र शतक हो ।

    यसैबीच बलिङमा भने नेपाली खेलाडी प्रथम स्थानमा रहेका छन् । विराटनगर किङ्सका कप्तानसमेत रहेका लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा रहेका हुन् । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा जारी प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.