सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानका लागि मधेस सरकारले गर्‍यो विभिन्न निर्णय


  •    न्युजभित्तो/११ मंसिर २०८२, बुधबार १०:४५ 
  • जनकपुरधाम, १० मंसिर । मधेस सरकारले किसानका लागि विभिन्न निर्णय गरेको छ । रासायनिक मल अभावका साथै प्राकृतिक विपत्तिबाट किसानले भोग्नु परेको क्षतिको पृष्ठभूमिमा सरकारले सघन अनुगमन, राहत तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।

    मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार सरकारी निर्णय सार्वजनिक गरेका हुन् । नेपाल सरकारद्वारा स्वीकृत मल वितरण व्यवस्थापन कार्यविधि–२०८२ अनुसार प्रदेशका आठै जिल्लामा मलको कालोबजारी, ढिलासुस्ती र अनियमितता रोक्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेका मल वितरण समितिलाई पूर्ण रूपमा सक्रिय गरिने उनले बताए ।

    मुख्यमन्त्री यादवका अनुसार मल नउठाउने वा वितरणमा ढिलाइ गर्ने सहकारी तथा विक्रेताको कोटा तत्काल कटौती गरी आवश्यक स्थानमा सारिने तथा कानुनी कारबाहीसहित कडाइ गरिने छ ।

    गत वर्षदेखि रोकिएको उखु प्रवद्र्धन खर्च (प्रति क्वीन्टल ७० रुपैयाँ) नपाउँदा किसान र उद्योग दुवै प्रभावित भएको भन्दै मुख्यमन्त्री यादवले संघीय सरकारलाई बक्यौता रकम तुरुन्त निकासा गर्न आग्रह गरे ।

    सिँचाइ अभाव, मल–बिउ समस्या र पछिल्लो मोन्था आँधीका कारण धानबालीमा ठुलो क्षति पुगेको भन्दै उनले प्रभावित किसानहरूलाई प्रतिकट्ठा १५ सय रुपैयाँ राहत वितरणको प्रक्रिया प्रदेश सरकारबाट अघि बढाइएको जानकारी दिए ।

    युवाहरूका लागि पनि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको मुख्यमन्त्री यादवले जनाए । १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर बेरोजगार युवालाई प्रति महिना २ हजार रुपैयाँ जीवन निर्वाह भत्ता प्रदान गर्ने तयारी भइरहेको मुख्यमन्त्री यादवले बताए ।

    यससँगै मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न सुरु गरिएको ‘मधेस रत्न सम्मान’ कार्यक्रम सञ्चालनका लागि कार्यविधि निर्माण प्रक्रिया जारी रहेको जानकारी समेत उनले दिए ।

    यादव मुख्यमन्त्री नियुक्त भएको विषयमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन विचाराधीन छ । सर्वोच्च अदालतले सोही रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै दीर्घकालीन महत्त्वका काम नगर्न प्रदेश सरकारमा नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.