सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचन: सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए


  •    न्युजभित्तो/३ मंसिर २०८२, मंगलवार १०:५४ 
  • बरहथवा (सर्लाही), २ मङ्सिर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता सुरु भएको थियो । नामावली सङ्कलन अभियानमा पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिनुभयो । सुरुदेखि अन्तिमसम्म नै मतदाता नामावलीमा नाम लेखाउनेको उत्साहपूर्ण सहभागिता देखिएको उहाँको भनाइ थियो ।

    कार्यालयको तथ्या¬ङ्कानुसार यहाँ तीन हजार ३९० पुरुष र दुई हजार ४२७ महिला मतदाता थपिएका हुन । आफ्नो विवरण सच्याउनसमेत एक हजार ३१७ जनाको उजुरी परेको निर्वाचन अधिकारी साहले जानकारी दिनुभयो । उक्त उजुरीमाथि पनि क्रमैसँग कारबाही भइरहेको उहाँले बताउनुभयो ।

    जिल्लाको यस तथ्याङ्क केही थप हुने उहाँले बताउनुभयो । हालसम्म एकिन भइनसकेको भए पनि राष्ट्रिय परिचयपत्रको विवरणबाट सोझै मतदाता नामावली दर्ता गर्नका लागि पनि निवेदन परेको निर्वाचन कार्यालयका सूचना अधिकारी अरविन्दकुमार झाको भनाइ छ । राष्ट्रिय परिचयपत्रबाट प्राप्त निवेदन अबको केही दिनपछि स्वीकृत गरिने उहाँले बताउनुभयो ।

    मतदाता नामावलीमा दर्ता भएकामध्ये ५८.२८ प्रतिशत पुरुष र ४१.७२ प्रतिशत महिला छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरुप आयोगले मतदाता नामावली सङ्कलन र विवरण अद्यावधिक गरेको हो ।

    फागुन २१ गतेसम्म १८ वर्ष पूरा हुने तथा हाल १६ वर्ष पूरा भएर नागरिकता बनाएका नेपाली नागरिकले मतदाता नामावलीमा नाम सङ्कलन गराउन आयोगले आह्वान गरेको थियो । विवरण अद्यावधिकअन्तर्गत त्रुटि सच्याउने, ठाउँसारी गर्ने तथा दोहोरो नामावली हटाउन धेरै निवेदन परेको निर्वाचन कार्यालयले जनाएको छ ।

    आफँैले विवरण भरेर समय लिएर आउने सेवाग्राहीले दुई मिनेटदेखि बढीमा ३० मिनेटसम्ममा सेवा पाएका निर्वाचन अधिकारी साहको भनाइ छ । धेरै भीड भएको समयमा काम गर्ने कर्मचारी थोरै हुँदा सेवा प्रवाहमा केही सामान्य कठिनाइ रहे पनि सहभागी सबैले सेवा पाएका कार्यालय प्रमुख साहले दाबी गर्नुभयो ।

    कार्यालयसम्म आउन नसक्नेहरूले सेवा लिन नपाएको गुनासो गरेको भए पनि कार्यालयसम्म पुगेका कसैले त्यसै फर्कनु नपरेको उहाँको भनाइ छ । तर समय अभाव र अपायक परेका कारण जिल्लाका कुनाकन्दरामा रहेका नागरिकले सेवा दिन नपाएको गुनासो गरेका छन् । जिल्लाको चुरेक्षेत्रस्थित हरिवन नगरपालिका–१ बिलन्दीकी बुद्धिमाया तामाङले आफूले नाम दर्ता गराउन नपाएको गुनासो गर्नुभयो । आफूजस्ता वयोवृद्ध नागरिकका लागि सरकारले घरमै पुगेर मतदाता नामावली सङ्कलनको सुविधा दिए आफूहरू पनि लावान्वित हुने उहाँको अपेक्षा छ । उमेर ढल्दै गएकाले यस जन्ममा आफ्नो मतदान गर्न नपाउने हो कि भन्ने चिन्ता रहेको उहाँको भनाइ थियो ।

    हाल पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएसँगै जिल्लामा चार लाख ९५ हजार ८२१ जना मतदाता पुगेका कार्यालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.