सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण


  •    न्युजभित्तो/२ मंसिर २०८२, सोमबार १६:४२ 
  • कैलाली, १ मङ्सिर । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक विकास कार्यक्रमअन्तर्गत जिल्लागत कार्यक्रमको एकीकृत पुस्तक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ । आज प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानासहितको टोलीले मुख्यमन्त्री शाहलाई उक्त पुस्तक हस्तान्तरण गरेको हो । 
    पुस्तक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहले पुस्तकले प्रदेश सरकार र नागरिकबीच विकासको सेतुका रूपमा कार्य गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले यसले सुशासन प्रवर्द्धन गर्दै सरकारको विकास रणनीति र लक्ष्य प्राप्तिमा सहयोग पु¥याउनाका साथै नागरिकलाई बजेट र कार्यक्रमका बारेमा जानकारी दिने बताउनुभयो । पुस्तकले सरकारप्रति नागरिकको विश्वास र उत्तरदायित्वलाई अझ सबल बनाउनमा थप सहयोग पुग्ने उहाँको भनाइ छ ।
    प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रत्येक वर्ष प्रदेश सभाबाट बजेट पारित भएपछि वार्षिक विकास कार्यक्रम प्रकाशन गर्दै आएको छ । यस वर्षदेखि प्रदेश नीति तथा योजना आयोगले नौवटै जिल्लाका जिल्ला समन्वय समिति र ८८ वटै स्थानीय तहका निकायगत तथा जिल्लागत कार्यक्रम, नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक तथा कार्यक्रम र बजेटलाई समेटेर सङ्क्षिप्त पुस्तक प्रकाशन गरेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.