सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए


  •    न्युजभित्तो/२ मंसिर २०८२, सोमबार १५:४४ 
  • काभ्रेपलाञ्चोक, १ मङ्सिर । काभ्रेपलाञ्चोकमा निर्वाचन घोषणा भएयता पाँच हजार मतदाता थपिएका छन् । सदरमुकाम धुलिखेलस्थित जिल्ला निर्वाचन कार्यालयमा पछिल्लो हप्ताादेखि मतदाता नामावलीमा नाम दर्ता गर्न फोटो खिचाउने घुइँचो लागिरहेको छ । 
    यसअघि तोकिएको कात्तिक ३० गतेसम्मको समयावधिमा भने जिल्लामा करिब पाँच हजार नागरिकले मतदाता सूचीमा नाम समावेश गरेका हुन् । कार्यालयले निर्वाचन घोषणा भएपछि यसअघि तोकिएको समयसम्ममा करिब पाँच हजार मतदाताले फोटो खिचाएको जनाएको छ । मतदाता सूचीमा नाम दर्ता गर्न फोटो खिचाउनेहरुको घुइँचो बढेसँगै निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्मलाई समयावधि थप गरेको छ । 
    कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका अनुसार गत कात्तिक ३० गत एकै दिन २६४ जनाले मतदातामा सूचीकृत लागि फोटो खिचाएका छन् । त्यस्तै शनिबार बिदाको दिनमा समेत कार्यालयले सेवा प्रदान गर्दा १७ जनाले फोटो खिचाएको मानन्धरले बताउनुभयो । पछिल्ला केही दिनदेखि दैनिक बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सेवा प्रदान गरिरहेको कार्यालयले गत शुक्रबार ३७९ को फोटो खिचाएको मानन्धरले जानकारी दिनुभयो । 
    पछिल्लो १० दिनको अवधिमा मात्रै दुई हजार ७९८ जनाले फोटो खिचाएको कार्यालयले जनाएको छ । असोज १० देखि कात्तिक २० गतेसम्म दुई हजार १०९ जनाले फोटो खिचाएका थिए । 
    यसैबीच जिल्लास्तरीय निर्वाचन समितिले कात्तिक तेस्रो साता नै निर्वाचनको तयारीस्वरुप मतदानस्थल र मतदान केन्द्रको फेरबदलका लागि सिफारिस गरिसेकको छ । गत कात्तिक १७ गतेसम्म काभ्रेपलाञ्चोकमा तीन लाख १३ हजार ३५० मतदाता कायम भएका थिए । गत कात्तिक १७ देखि ३० सम्म भने तीन हजार ५०० मतदाता थपिएका हुन्् । 
    जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र, चार प्रदेशसभा निर्वाचन क्षेत्र, १३ स्थानीय तहमध्ये छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडामा गत निर्वाचनमा १९०  मतदानस्थल र ३८९ मतदान केन्द्र रहेका थिए । जिल्लामा हाल तीन लाख ७५ हजार २२१ जनसङ्ख्या रहेको  छ । 
    निर्वाचन आयोगको निर्णयानुसार मतदाता नामावलीलगायत मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ ले तोकेबमोजिम वडा मतदानस्थल तथा मतदान केन्द्र सिफारिस तथा अन्य कार्य भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार कार्यविधिले तोकेको मापदण्डअनुरुप खानीखोला गाउँपालिका–७, भुम्लु गापा–५, चौँरीदेउराली गापा–७, तेमाल गापा–१, बनेपा नपा–१३, धुलिखेल नपाको २ र ५, नमोबुद्ध नपाको २ र ७ तथा पाँचखाल नपाको ५ र ९ का लागि तोकिएका अनुसूची भरी मतदानस्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिमा पठाउने सर्वसम्मत निर्णय गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.