सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन


  •    न्युजभित्तो/२ मंसिर २०८२, सोमबार १५:३८ 
  • काठमाडौँ, १ मङ्सिर । सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हँुदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।
    सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक ९फुल कोर्ट० ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
    “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ”, पूर्ण बैठकले भनेको थियो, “अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पु¥याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकार भएकाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”
    अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहो¥याई पाउको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ आजदेखि सुरु भएको सर्वोच्च अदालतले जनाएको छ । जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.