सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी


  •    न्युजभित्तो/२ मंसिर २०८२, सोमबार १४:४३ 
  • सिरहा, १ मङ्सिर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी यतिबेला जिल्लाको सदरमुकामदेखि गाउँगाउँसम्मका चोक र चिया पसलहरूमा बढेको छ । बिहानै चियाको तातोपनसँगै केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन तयारीका साथै सरकारले घोषणा गरेको निर्वाचनको विषयमा गहन छलफल सुरु हुन थालिसकेको छ । 
    युवाहरूमा पनि चुनावी सरगर्मी उत्तिकै बढेको छ । विशेषगरी, निर्वाचनको माहोल बनाउन यहाँका जेनजी युवाहरू सक्रियतापूर्वक लागिपरेका छन् । लहानमा नगरस्तरीय जेनजी समूह गठन गरी युवा परिचालनमा जुटेका उमेश यादवले निर्वाचनको अपरिहार्यतामा जोड दिनुभयो । 
    “घोषित मितिमा चुनाव हुनुको विकल्पै छैन । चुनावले मात्रै युवाहरूको मागलाई सम्बोधन गर्न सक्छ । पुरानो नेतृत्वलाई विस्थापित गरी नयाँलाई स्थापित गर्न सक्छ”, यादवले भन्नुभयो, “यही हिसाबले हामीले युवालाई सङ्गठित गर्दै वडा, नगर हुँदै क्षेत्रीय समितिहरू गठन र विस्तार अभियानलाई तीव्रता दिएका छौँ ।” उहाँले जेनजी मधेस प्रदेशका संयोजक शिव यादव र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग समन्वय गरेर चुनावी योजनाहरू अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
    युवा नेताहरूले लोकतन्त्रलाई सही मार्गमा ल्याउन र जेनजी आन्दोलनमा उठेका मागको सम्बोधनका लागि पनि निर्वाचनको विकल्प नभएको स्पष्ट धारणा सार्वजनिक गरिरहेका छन् । यद्यपि, सबै पक्ष चुनाव हुनेमा ढुक्क भने छैनन् । 
    स्वतन्त्र युवा भोगेन्द्रकुमार यादवले भने केही दलहरूको तयारी र आन्तरिक विवादका कारण चुनाव हुनेरनहुनेमा प्रश्न उठेको बताउनुभयो । “सुदन गुरुङलगायत जेनजीका अगुवा नेताहरूले यथास्थितिमा चुनाव हुन नदिने धारणा राखेका छन् । अर्कोतिर, नेकपा एमालेसहितका दलहरूले चुनावमा जान आनाकानी गरिरहेको अवस्थामा कसरी चुनाव होला ? यथास्थितिमा चुनाव रोक्न चाहने र चुनावमा जान हिच्किचाउने धारणा दुवैतिर देखिन्छ”, भोगेन्द्रको टिप्पणी छ । उहाँले राष्ट्रलाई सङ्कटबाट निकाल्न सबै पक्ष मिलेर चुनावमा जानुपर्नेमा जोड दिनुभयो ।
    निर्वाचनको घोषणासँगै जिल्लाका प्रमुख राजनीतिक दलहरू आ–आफ्नो तयारीमा जुटेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादवले भन्नुभयो, “चुनावको माहोल बनाउन गाउँगाउँ पुगेर एक किसिमको अनौपचारिक अभियानमा लागेका छौँ ।” त्यस्तै, जनमत पार्टीका केन्द्रीय सदस्य बालेश्वर यादवले चुनाव लक्षित कार्यक्रममा आफूहरू होमिसकेको बताउनुभयो । उहाँका अनुसार जनमत पार्टीले चुनावको विकल्प नदेखेको र मधेस प्रदेशमा सकारात्मक माहोल बनाउन युवाहरूलाई परिचालन गरिसकेको छ ।
    नेकपा ९एमाले०का मधेस प्रदेश समितिका सदस्य सुमेश यादवले पार्टीको महाधिवेशन नजिक रहेकाले त्यसको तयारीमा जुटेको बताउनुभयो । उहाँले संसद् पुनस्र्थापनाको माग रहे पनि एमाले निर्वाचनबाट नभाग्ने र महाधिवेशनले सबै विषयको छिनोफानो गर्ने प्रस्ट पार्नुभयो ।
    नेपाली कांग्रेसका सिरहा–१ का क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट भाग्ने कल्पना पनि गर्न नसक्ने धारणा राख्नुभयो । उहाँले पार्टी आन्तरिक रूपमा निर्वाचनको तयारीमा जुटिसकेको स्पष्ट पार्नुभयो ।
    यता नवगठित नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेताहरू चुनावी वातावरण बनाउन देशभरि अभियान चलाइरहेको बताउँछन् । पार्टीका युवा नेता हेमन्त यादवले सोही अनुसार तयारी थालेको बताउँदै प्रदेश, जिल्ला तथा नगरस्तरीय एकता घोषणा सभासँगै जेनजी आन्दोलनबाट उठेका मागहरूलाई सकारात्मक रूपमा लिएर चुनावमा जाने धारणा राख्नुभयो ।
    यसैबीच, जेनजी समूहका युवाहरू निर्वाचनको माहोल सिर्जना गर्न र जेनजी आन्दोलनको उपलब्धि सुनिश्चित गर्न सिराहाका १७ वटै पालिकामा सक्रियता बढाइरहेका छन् । जेनजी समूह सिरहाका सल्लाहकार सुदीप कुशवाहले यस अभियानले युवालाई मतदान प्रक्रियामा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
    घोषित मिति फागुन २१ गते नजिकिँदै गर्दा नेपालको राजनीतिक परिदृश्यमा निर्वाचनको सुनिश्चितता र त्यसले ल्याउने परिवर्तनको आशाले जनस्तरमा व्यापक बहस र उत्साह जगाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.