सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने


  •    न्युजभित्तो/१ मंसिर २०८२, आईतवार १५:५६ 
  • काठमाडौ, ३० कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
    उहाँका अनुसार सात कार्यकारिणी सदस्यहरुको पदपूर्ति गर्दा मधेशी दलित एक, महिला दुई, मुस्लिम एक र खुला तीन रहनेछन् । आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचनद्वारा उपरोक्त पदहरुको पदपूति गरिने बस्नेतले बताउनुभयो ।
    पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ सदस्यीय र केन्द्रीय कार्यकारिणी समिति ४१ सदस्यीय हुनेछ । जसपा नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.