सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव


  •    न्युजभित्तो/२९ कार्तिक २०८२, शुक्रबार १५:२२ 
  • म्याग्दी, २८ कात्तिक । आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव गरिएको छ । 
    जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले विसं २०७९ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनकै मतदानस्थललाई निरन्तरता दिन प्रस्ताव गरिएको जानकारी दिनुभयो । “अघिल्लो निर्वाचनमा कायम भएका मतदानस्थलको अवस्थाका बारेमा स्थानीय तहहरूबाट कात्तिक २० गतेसम्म सिफारिस मागिएको थियो”, उहाँले भन्नुभयो, “स्थानीय तहको सिफारिस, सुरक्षा निकाय र सरोकार भएकाहरूको सुझावका आधारमा मतदानस्थल र केन्द्र प्रस्ताव गरिएको हो ।”
    प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले उक्त प्रस्ताव गरेको हो । गत निर्वाचनमा यहाँ ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र थिए । प्रतिनिधिसभामा एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छ स्थानीय तहमा ४५ वटा वडा छन् । म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता थिए ।
    निर्वाचन आयोगले गत असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ । यही कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली सङ्कलन भइरहेको छ । असोज १० गतेदेखि यता ५८३ जनाले नामावली दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.