सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह


  •    न्युजभित्तो/२९ कार्तिक २०८२, शुक्रबार १२:३७ 
  • काठमाडौँ, २८ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीरूको अभिभावक बनेर काम गर्न त्यहाँस्थित नेपाली दूतावासका अधिकारीलाई आग्रह गर्नुभएको छ । दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै आज उहाँले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको हो ।

    सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालमा लगानी भित्र्याउने वातावरण बनाउनका लागि पनि भूमिका खेल्न राजदूतलाई आग्रह गर्नुभयो । दूतावासको भूमिकाका विषयमा विभिन्न गुनासा आइरहेकाले दुई देशबीच सम्बन्ध र सहयोग विस्तारमा प्रभावकारी भूमिका खेल्न, दुई देशबीचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन आग्रह गर्नुभएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

    राजदूत डा शिवमाया तुम्बाहाम्फेले सीमित कर्मचारी, केही गैरआवासीय नेपाल सङ्घ ९एनआरएनए० को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र नेपालीको हक, हितमा काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

    सोही अवसरमा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सिओलमा नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को हवाई उडान सञ्चालनका लागि पहल गर्न पनि दूतावासको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोरियामा रोजगारीका लागि आएका नेपालीले मानसिक स्वास्थ्यका कारण भोगिरहेका विभिन्न खाले समस्याको समाधानका लागि पहल गर्न पनि आग्रह गर्नुभयो । सञ्चारमन्त्री खरेलले दूतावासमा दरबन्दीअनुसार थप जनशक्ति पठाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

    उहाँले नेपाल ‘जेनजी’ प्रदर्शनपछि स्थिरता कायम भई देश लयमा फर्किएको र निर्वाचनउन्मुख भएको सन्देश दूतावास र कूटनीतिक नियोगले प्रशाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते त्यहाँ जानुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.