सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मातृभूमि जागरण अभियानका संयोजक डा रावललाई नेकपामा स्वागत


  •    न्युजभित्तो/२७ कार्तिक २०८२, बुधबार १६:२६ 
  • काठमाडौँ, २६ कात्तिक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मातृभूमि जागरण अभियान, नेपालबीच सङ्गठनात्मक एकता घोषणा भएको छ । राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानका संयोजक भीम रावललाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

    कार्यक्रममा प्रमोदनारायण यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी पनि नेकपामै समाहित भएको छ । सो क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह, एमाले केन्द्रीय जलस्रोत विभागका सदस्य डा मोदराज बगाले, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य भीमबहादुर थापा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को किसान सङ्घका महासचिव भगवानबहादुर कार्कीलगायत थुप्रै नेता नेकपामा समाहित हुनुभएको थियो ।

    पार्टी एकता घोषणा सभामा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.