सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च


  •    न्युजभित्तो/२७ कार्तिक २०८२, बुधबार १२:२४ 
  • म्याग्दी, २६ कात्तिक । जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्न थालेको छ । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ । आयोगले तोकेको मिति नजिकिदै गर्दा यसअघि नाम दर्ता गर्न छुटेका, विदेशबाट फर्किएका र उमेरको योग्यता पुगेकाहरु नामावली दर्ताका लागि कार्यालयमा आएका छन् ।

    गत हप्तासम्म दैनिक १० देखि १५ जनाको अनुपातमा नामावली दर्ता भएको कार्यालयमा आइतबारदेखि ५० जनाको हाराहारीमा आएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाले बताउनुभयो । “नाम दर्ता गर्ने समयसिमा नजिकिदै गर्दा सेवाग्राहीको चाप बढेकोले सर्वर नचल्दा काम गर्न ढिलाई र समस्या भएको छ,” उहाँले भन्नुभयो “नामावली दर्ताका लागि आउनेमा युवा युवतिहरु धेरै छन् ।”

    नयाँ मतदाताहरुले मतदानको प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानाकी अस्मि सापकोटाले मतदानमा भाग लिनका लागि नामावली दर्ता गर्नुपर्ने र आफ्नो उमेर पुगेको हुँदा दर्ताका लागि आएको बताउनुभयो । “योग्य उमेद्वारलाई जिताएर नीति निर्माण तहमा पु¥याउन सकेमा हाम्रो भावना बुझेर बेरोजगारी, भ्रष्ट्राचार, ढिलासुस्ति जस्ता समस्याको सम्बोधन हुने अपेक्षा गरेकी छु,” उहाँले भन्नुभयो, “पहिलो पटक मतदानमा भाग लिन पाउने भएकाले उत्साही भएको छु ।”

    बेनीकी जाफ्रिन हुसेनले निर्वाचनप्रति स्थिरता, शुसाषन, विकास, रोजगारी सिर्जना, शान्तिको अपेक्षा गरेको बताउनुभयो । जासिम मियाले नेपालमा दिगो शान्ति, विकास र सम्बृद्धि चाहेको बताउनुभयो ।

    निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो । मंगलबारसम्म नयाँ चार सय ८८ जना मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार बिहान ८ देखि साँझ ६ बजेसम्म मतदाता नामावली दर्ताको ब्यवस्था मिलाइएको छ ।

    वि।स। २०७९ मा भएको प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार ८४ हजार पाँच सय २० जना कायम भएको छ ।

    अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता संख्या घटेको हो । ४१ हजार एक सय ७४ जना पुरुष, ४३ हजार तीन सय ४५ महिला र एक जना अन्य छन् । मृत्यु भएकाको नामावली हटाएको, दोहोरो परेकाको एक ठाउँमा कायम गरेको र बसाईसराई गरेर गएकाको स्थानान्तरण गरिएकाले मतदाता घटेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.