सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’


  •    न्युजभित्तो/२५ कार्तिक २०८२, सोमबार १६:५९ 
  • गण्डकी, २४ कात्तिक । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल, नागरिक समाजलगायत सबै प्रदेशवासीमा अनुरोध गर्नुभएको हो । 
    मुख्यमन्त्री पाण्डेले युवा पुस्ताको व्यावहारिक आकाङ्क्षा र भावनालाई समेट्दै वैधानिक तथा लोकतान्त्रिक बाटोबाट देशमा आइपरेको सङ्कटलाई दीर्घकालीन समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । “पछिल्ला घटनाक्रमले हामी राजनीतिक दल र नेतृत्वलाई पनि गहिरो आत्मसमीक्षाको सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “हाम्रो जिम्मेवारी भनेको जनअपेक्षाअनुसार जवाफदेही पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुनःनिर्माण तथा स्थायित्वको बाटोमा अघि बढाउनु हो ।” 
    नेपाली समाजको विशिष्ट चरित्र सामाजिक एकता र सद्भाव रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यसलाई अझै बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । ‘जेनजी’ आन्दोलनका क्रममा भएका फौजदारी घटना, आक्रमण, लुटपाट र तोडफोटको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।  
    आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले लगानीको वातावरण धमिल्याएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।  “हजारौँ रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको निजी क्षेत्रसँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माण गर्न गण्डकी प्रदेश सरकार सक्रिय रहनेछ”, उहाँले भन्नुभयो । 
    पछिल्लो समय युवापुस्ताको माग र आन्दोलनको भावनाअनुसार नै गण्डकी प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई अघि बढाउँदै आएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । भ्रटाचारको अन्त्य, सुशासन, मितव्ययी, सहज, सरल सेवा प्रवाह प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो । 
    बैठकका शून्य समयमा बोल्न अधिकांश प्रदेशसभा सदस्यले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो । शून्य समयमा प्रदेशसभा सदस्य कल्पना तिवारी, गणेशमान गुरुङ, देवका पहाडी त्रिपाठी, नन्दकला दमाई नेपाली, प्रकाश बराल, फणिन्द्र देवकोटा, बेदबहादुर गुरुङ, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, रेशमबहादुर जुग्जाली, लिलबहादुर थापा, सीताकुमारी सुन्दास, सुशीला सिम्खडा, श्यामराजा महत, हरिबहादुर भण्डारी र सुनिता थापाले भनाइ राख्नुभएको थियो । 
    बैठकमा सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले ‘गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२’ प्रदेशसभामा पेस गर्नुभएको थियो । उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गर्नुभयो । पर्यटनमन्त्री बस्यालले दफाबार छलफलका लागि आजको बैठकमा प्रस्तुत गर्नुभएको ‘गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’मा छलफल सुरु भएको छ । 
    ‘जेनजी’ आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण स्थगन भएको प्रदेशसभा बैठक दुई महिनापछि आज बसेको हो । नदीपुरमा रहेको प्रदेशसभा भवन ‘जेन्जी’ आन्दोलनका क्रममा क्षतिग्रस्त बनेपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा प्रदेशसभा बैठक सञ्चालन गरिएको प्रदेशसभा सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो । 
    पुनः प्रयोगमा ल्याउन नमिल्नेगरी प्रदेशसभा भवनलगायतका संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको हो । हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.