सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा


  •    न्युजभित्तो/२५ कार्तिक २०८२, सोमबार १६:५५ 
  • काठमाडौँ, २४ कात्तिक । नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाविधेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनले राजनीतिक र सामाजिक परिस्थिति बदलिदिएको बताउँदै अब कांग्रेसको महाधिवेशनमा जेन्जी पुस्ता समेटिनुपर्ने धारणा समेत राखिएको छ । 
    युनियनले नेपाली कांग्रेसको आगामी महाधिवेशनका जेन्जी आन्दोलनपछि श्रमिकको अवस्था र आगामी निर्वाचनप्रति सरकारको ध्यानाकर्षण गराउन विभिन्न १३ बुँदामा निर्णय गरेको छ ।  जसमध्ये, कांग्रेसको वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मङ्सिरभित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर कांग्रेसको लामो समयदेखि चलिरहेको निरन्तरको बैठकप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
    आगामी निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्वसहित सहभागी हुनुपर्ने र महासङ्घ आम निर्वाचनपूर्व एकीकृत रूपमा सहमतिका साथ विधानका साथै संविधानको मूल मर्मअनुसार सबै वर्गको सहभागिता हुनेगरी यथाशीघ्र महाधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । कांग्रेसको निर्णय विहीनताले मुलुक पनि दिशाविहीन भएको समेत महासङ्घको ठहर रहेको छ ।
    कांग्रेसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वबाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटकभन्दा बढी संसदीय प्रतिनिधिका रूपमा अवसर पाइसकेकाहरूलाई सङ्गठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रूपमा समेट्ने गरी उम्मेदवारहरू तय गर्ने नीति लिन कांग्रेसलाई आह्वान गरेको छ । त्यसैगरी पार्टी संरचनाभित्र पनि आरक्षित सिटहरूमा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर नपाउने व्यवस्था गर्नुपर्ने युनियनको निर्णय छ ।
    युनियनका अध्यक्ष योगेन्द्रकुमार कँुवरले श्रमिकहरूको पक्षका सरकार विगतदेखि उदासीन भएको बताउँदै हाल मन्त्री विहीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री नियुक्ति गर्न सरकारलाई ध्यानकेन्द्रित गराउने बताउनुभयो । उहाँले श्रमिकले समाजको सबै समुदायको प्रतिनिधित्व गने हुँदा संविधानमा छुट्याइएका विभिन्न क्लस्टरमध्ये, श्रमिक र कृषकको स्थान सुनिश्चित गरिनुपर्ने धारा राख्नुभयो । उहाँले अबको कांग्रेसको महाधिवेशनमा जेनजी पुस्तालाई समेटिनुपर्ने बताउनुभयो । यसैगरी युनियनका महासचिव अजयकुमार राईले जेनजी आन्दोलनपछिको सामाजिक, राजनीतिक रूपान्तरणको अपेक्षाप्रति राजनीतिक पार्टीले गम्भीर आत्मसात् गर्नुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.