सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने: कांग्रेस नेता यादव


  •    न्युजभित्तो/२५ कार्तिक २०८२, सोमबार १६:४१ 
  • जनकपुरधाम, २४ कात्तिक । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने बताउनुभएको छ ।
    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव आज मुख्यमन्त्री पदमा नियुक्त हुनुभएपछि जनकपुरधाममा आयोजित विरोध कार्यक्रममा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता यादवले कानुनी लडाइँअन्तर्गत सर्वोच्च अदालतमा मुद्दा दायर गर्नलागेको स्पष्ट गर्नुभयो ।  
    एमाले पार्टी बाहेकका ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित आफूहरू अदालती प्रक्रियामा जान लागेको उहाँले जानकारी दिनुभयो ।  
    नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम कांग्रेससहित विभिन्न सात दलसम्बद्ध सांसदको साथ र सहयोगमा अदालत जान लागेको नेता यादवले बताउनुभयो ।  
    यसअघि लोसपाका नेता जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन नसक्ने वातावरण सिर्जना भएपछि प्रदेश मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहानै एमाले नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएपछि कांग्रेससहितका सात राजनीतिक दल सो कदमको विरोधमा राजनीतिक तथा कानुनी लडाइँमा उत्रिएका छन् ।   
    यसैबीच मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा–१६८ को उपधारा–३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको उहाँको सचिवालयले स्पष्ट गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.