सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार


  •    न्युजभित्तो/२५ कार्तिक २०८२, सोमबार १५:४९ 
  • कर्णाली, २४ कात्तिक । कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा उक्त भेला आयोजना हुन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, उनीहरुबीचको सम्बन्ध तथा सेवा प्रवाह, कर्णाली प्रदेशले योजना छनौटसम्बन्धी हाल प्रयोगमा ल्याएका अभ्यास र योजना छनोट कार्यविधिबारे छलफल तथा स्थानीय तहका कर्मचारी र राजस्व सङ्कलन तथा बाँडफाँटसम्बन्धी छलफल गरिनेछ ।

    संविधानमा तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा अघि बढनुपर्ने भावनाअनुसार प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप समन्वयात्मक ढङ्गले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रियाको आयोजना गरेको सचिव विकले बताउनुभयो । छलफलमा दुई तहका सरकारबीच देखिएका कतिपय सम्बन्ध तथा समस्या र समाधानका उपाय खोजिने छन् ।

    दुईदिने भेलामा नगरप्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षसहित सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख सहभागी हुने सचिव विकले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.