सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘मधेसलाई पूर्ण स्वायत्तता घोषणा गरौँ’


  •    न्युजभित्तो/२५ कार्तिक २०८२, सोमबार १४:४४ 
  • काठमाडौँ, २४ कात्तिक । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशलाई पूर्ण स्वायत्तता घोषणा गर्नुपर्ने माग राखेका छन्। उनले मधेस प्रदेश सभाको बैठकबाट स्वायत्तता घोषणा गरेर आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गर्नुपर्ने बताएका हुन्।

    फेसबुक पोस्टमार्फत राउतले ुसंविधानलाई धज्जी उडाउँदैु नेपाली औपनिवेशिक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्ने अवस्था आएको आरोप लगाएका छन्। उनले मधेसका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर शपथग्रहण गराउने र मधेस पक्षधर नेता, कार्यकर्ता तथा समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम भएको उल्लेख गरेका छन्।

    राउतले अब डराएर सदियौँदेखि नेपाली शासकको गुलामी गर्न नहुने भन्दै खुलेर बोल्न आह्वान गरेका छन्। उनले ुदमनु जारी रहे मधेस प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि दुई तिहाइ सांसदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्नुपर्ने तर्क गरेका छन्। उनले अहिलेको सङ्घीय सरकार नै आन्दोलनको माग बमोजिम बनेकोले मधेसले पनि जनताको चाहना अनुसार स्वायत्तता घोषणा गर्न मिल्ने दाबी गरेका छन्।

    ५४ प्रतिशत जनसङ्ख्या भएको मधेस मुठ्ठीभर नेपाली शासकको जागिर नभएको र उनीहरूले भीखजस्तो दिने कुरा आफूहरूले लिइराख्न नमिल्ने राउतको भनाइ छ। उनले सिंहदरबारबाट खटाइएका प्रदेश प्रमुख, सभामुख, प्रहरी र कर्मचारी लगाएर मधेसलाई सधैँ गुलाम बनाइराख्ने षड्यन्त्र विरुद्ध पूर्ण स्वायत्तताको आन्दोलन आवश्यक रहेको बताएका छन्। उनले ुनेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही होु भन्दै ुजय स्वराजुको उद्घोष गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.