सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजस्व बक्यौता उठाउन ‘एसएमएस’


  •    न्युजभित्तो/२५ कार्तिक २०८२, सोमबार १२:४७ 
  • चितवन, २४ कात्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो ।

    कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको छ । उहाँले भन्नुभयो, “बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौँ । ग्राहकहरू आउनुहुनेछ भन्ने विश्वास छ ।” कर सङ्कलनका लागि कार्यालयले करदाता शिक्षा, घरदैलो कार्यक्रम, पालिका र वडाअनुसार करदाताको सूची तयार गरेर पत्राचार गर्ने, सङ्कलन भ्रमण गर्ने लगायतका कामहरू गरिएको उहाँले बताउनुभयो । बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहकमध्ये २२ जनाको बैंक खाता रोक्का गरिएकामा दुई जनाले कर तिरेर खाता फुकुवा गरेको छन् ।

    यस कार्यालयले असोज मसान्तसम्म रु ५ अर्ब ५१ करोड ३५ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले तोकेको लक्ष्यको ९७ दशमलव ४७ प्रतिशत राजस्व उठाउन सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विभागले रु ५ अर्ब ६५ करोड ६५ लाख ५३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । जेनजी आन्दोलनमा जलेको कार्यालयले भदौ २९ गतेदेखि सेवा दिन सुरु गरेको छ । यस कार्यालयमा ७२ हजार बढी करदाता रहेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.