सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुपन्देहीमा मतदाता नामावली दर्ता जारी


  •    न्युजभित्तो/२४ कार्तिक २०८२, आईतवार १२:१९ 
  • देवदह (रुपन्देही), २३ कात्तिक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।

    जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक १९ गतेसम्ममा चार हजार २८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो । यसमध्ये दुई हजार ५८४ पुरुष र एक हजार ७०४ महिला छन् । नयाँ दर्ता गर्नेमध्ये युवापुस्ता धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नाम दर्ता गराउन आउनेमा करिब ८० देखि ९० प्रतिशत युवायुवती छन् । “जिल्ला निर्वाचन कार्यालयले गर्ने नियमित काममध्ये मतदाता नामावली दर्ता र अद्यावधिक हो । नियमित रूपमा दैनिक ३० जना आउनुहुन्थ्यो । तर निर्वाचनको माहोलले धेरै जना दर्ता गर्न आउनुभएको देखिन्छ, उत्साह छ । अहिले दैनिक दुई सय जना हाराहारीमा नयाँ नामावली दर्ता भइरहेको छ”, उहाँले भन्नुभयो । निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ नामावली दर्ता गर्नेको भीड रहेको उहाँको भनाइ छ ।

    जिल्लामा असोज १० गतेदेखि मतदाता नामावली नयाँ दर्ता र अद्यावधिक कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो । यहाँ दर्ता गर्न आउने रुपन्देही जिल्ला बाहिरका पनि छन् । “हामीले यहाँ दर्ता गरेको सबै रुपन्देहीका मात्र मतदाता हुनुहुन्छ भन्ने हुँदैन । बाहिरी जिल्लाका पनि रुपन्देहीबाट दर्ता गर्न मिल्छ । बाहिरी जिल्लाबाट रुपन्देहीको हकमा कति दर्ता गर्नुभएको छ । त्यसैगरी अद्यावधिकबाट ९ठाउँसारी० गरेर कति आउनुहुन्छ, त्यसमा चाहिँ निर्भर रहन्छ”, उहाँले भन्नुभयो ।

    जिल्लामा २०८२ साल कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका छ लाख ४४ हजार ३५६ मतदाता छन् । जसमध्ये तीन लाख ३० हजार ७४१ पुरुष र तीन लाख १३ हजार ६०७ जना महिला रहेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगका अनुसार २०८२ कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक (त्रुटि सच्याउने र ठाउँसारी) गर्न सकिन्छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता भइसकेको भए पुनः दर्ता गर्नुपर्दैन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.