सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेनजी आन्दोलनलाई निर्वाचनमा सीमित गरियो : उपेन्द्र यादव


  •    न्युजभित्तो/२० कार्तिक २०८२, बुधबार १६:४८ 
  • काठमाडौँ, १९ कात्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव जेनजी पुस्ताको आन्दोलनलाई निर्वाचनमा सीमित गरिएको टिप्पणी गरेका छन् ।

    बुधबारदेखि काठमाडौँमा सुरु भएको जसपा नेपालको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले सो टिप्पणी गरेका हुन् ।

    उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘युवा पुस्ताले गरेको विद्रोहको उपलब्धि केवल सरकार परिवर्तन र २०८४ मा हुने संसदीय निर्वाचन २०८२ मा हुनेमा मात्र सीमित रहने हो कि रु भन्ने आशङ्का र द्धविधा उत्पन्न भएको छ ।’

    उनले अहिले संविधान संशोधन अथवा पुनर्लेखन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन, समानुपातिक समावेशी तथा पहिचानको मुद्दा ओझेलमा परेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘क्रान्तिकारी परिवर्तन भनेको केवल सत्ताको हस्तान्तर मात्र होइन, बरु सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जीवनमा आमूल रूपान्तरण हो ।’

    तोकिएको समयमा चुनाव हुनुपर्ने उल्लेख गर्दै उनले प्रतिनिधि सभाको निर्वाचनका लागि विश्वव्यापी लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गर्न निर्वाचन क्षेत्र पुनः निर्धारण हुनुपर्ने माग गरेका छन् ।

    उनले भनेका छन्, ‘निर्वाचन क्षेत्र निर्धारण गर्नुका साथै महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गरिनुपर्दछ ।’

    जनतामा निहित रहेको सार्वभौमसत्ता र राजकीय सत्ता तथा संविधानको प्रतिकुल हुने गरी गरिएका कार्यहरू आफ्नो पार्टीलाई स्वीकार नरहेको उल्लेख गर्दै उनले विगतमा भएका उपलब्धिलाई धराप पार्ने षड्यन्त्र भइरहेको बताए ।

    दोस्रो जनआन्दोलनको समयमा भएको घटना, मधेस आन्दोलन तथा थरुहट आन्दोलनमा भएको घटनासम्बन्धी छानबिन आयोग लगायतका न्यायिक तथा छानबिन आयोगका सम्पूर्ण प्रतिवेदनहरू सरकारले सार्वजनिक गर्न अध्यक्ष यादवले माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.