सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘चुनावबाटै निकास सम्भव’


  •    न्युजभित्तो/१९ कार्तिक २०८२, मंगलवार १७:०८ 
  • भक्तपुर, १८ कात्तिक । देश अहिले चुनाव र संवैधानिक सङ्कटबीचको केन्द्रबिन्दुमा उभिएको तीन राजनीतिक दलका नेताहरुले बताएका छन् । 
    रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा नेताहरुले अहिलेको जटिल अवस्थालाई निर्वाचनबाट निकास दिन सकिने बताए । 
    नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का सचिवालय सदस्य डिपी ढकालले देश कता जान्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताउँदै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएकाले यसका लागि सरकारले तोकेको समयमा निर्वाचन गराउनुको विकल्प नभएको बताउनुभयो । 
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशलाई अस्थिरताबाट स्थिरतामा लैजान र देशको जटिल अवस्थाबाट स्थायित्वमा लैजान निर्वाचनमा जानु नै उत्तम भएको धारणा राख्नुभयो ।
    पूर्वसामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री एवम् नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती न्यौपानेले गणतन्त्र ल्याउन ज्यान दिन अगाडि सर्नेहरुमै अहिले संवेदनशीलता हराएको टिप्पणी गर्नुभयो । उहाँले दलहरू आरोप–प्रत्यारोपमा अल्झिएर बस्नुभन्दा निर्वाचनमा गएर निकास निकाल्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशील बन्धु थापाले हालको राजनीतिक अस्थिरता, जेन्जी आन्दोलन र विदेशी हस्तक्षेपका घटनालाई देशभक्तिपूर्ण दृष्टिकोणले मूल्याङ्कन गर्दै निर्वाचनबाट अगाडि गर्नुपर्ने दलहरुको निष्कर्ष रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.