सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा विशेष भेला आयोजना


  •    न्युजभित्तो/१९ कार्तिक २०८२, मंगलवार १६:१० 
  • काठमाडौँ, १८ कात्तिक । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन् । 
    पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, सङ्गठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएकाले असन्तुष्ट समूहले नयाँबानेश्वरस्थित थापागाउँमा विशेष भेला आयोजना गरेका हुन् ।
    भेलामा विशेष महाधिवेशनका पहलकर्तासहित देशभरका महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेशस्तरका नेताहरू, क्षेत्रीय प्रतिनिधि तथा असन्तुष्ट कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
    भेलामा नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टी नेतृत्वले लामो समयदेखि सङ्गठनका महत्वपूर्ण निर्णयहरूमा ध्यान नदिएको आरोप लगाउँदै कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको ऐतिहासिक भूमिकालाई सशक्त बनाउन र पार्टीभित्रको असन्तुष्टिलाई समाधान गर्न अब विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन ।”
    चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले पछिल्लो बैठकबाट १५औँ महाधिवेशनबारे कुनै ठोस निर्णय गर्न नसकेपछि, विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते देशभरका दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो । 
    सो मागपत्रमा पार्टीको वैचारिक दिशानिर्देश, सङ्गठन पुनर्गठन, आन्तरिक लोकतन्त्र र नेतृत्वको जवाफदेहिताको प्रश्न उठाइएको छ । आजको विशेष भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसीलगायतका नेताहरूले पार्टीभित्रको सुधार र सङ्गठन सुदृढीकरणका लागि तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन् । 
    कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी र प्रतिमा गौतमलगायतको सहभागिता रहेको थियो ।
    भेलाका वक्ताहरूले हालको पार्टी नेतृत्वले सङ्गठनभित्र देखिएका असन्तुष्टि, गुटबन्दी र निर्णय प्रक्रियामा पारदर्शिताको कमीलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै पार्टीलाई पुनर्जीवित गर्न सबै कार्यकर्तालाई एकजुट हुन आह्वानसमेत गरेका छन् । यसैबीच आजै ललितपुरको सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक पनि बसिरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
    सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
    ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
    • सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    • बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    • परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.