सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेलाडीलाई व्यावसायिक बनाउन आवश्यकः मुख्यमन्त्री बानियाँ


  •    न्युजभित्तो/१९ कार्तिक २०८२, मंगलवार १६:०२ 
  • चितवन, १८ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलक्षेत्रको विकासका लागि खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताउनुभएको छ । 
    जिल्ला खेलकुद विकास समितिले आजदेखि नारायणी नदी किनारमा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापारिक महोत्वसको उद्घाटन गर्दै उहाँले खेलाडीहरुलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
    महोत्सवलाई टेलिफोनबाट सम्बोधन गर्दै उहाँले खेल क्षेत्रको विकास गर्न सके राज्यको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । खेललाई पर्यटनसँग जोडेर अघि बढाउन सकेमा मात्र देशको अर्थतन्त्र चलायमान बन्ने उहाँको भनाइ थियो । खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउन र विजयी बनाउन यस्ता महोत्सवहरु आवश्यक रहेको उहाँको धारणा थियो ।
    कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्यहरु उत्तम जोशी, मायाँ श्रेष्ठ, गीता गुरुङ, बागमती प्रदेशको खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीलगायतले खेल क्षेत्रको विकासमा सबै तहका सरकार लाग्नुपर्नेमा जोड दिए । तीनै तहका सरकार लागेमा मात्र खेल क्षेत्रको विकास र खेलाडीहरुको मनोबल उच्च हुने उहाँहरुको भनाइ थियो ।
    आजदेखि सुरु भएको महोत्सव मङ्सिर २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिभर विभिन्न खेल विधाका ८०० खेलाडीले आफ्नो कला देखाउनेछन् । यसै क्रममा बिच भलिबल, कराते, तेक्वान्दो, कवड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, बुद्धिचाललगायतका प्रतियोगिताहरु हुने आयोजकले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.