सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिकाका विषयलाई निर्वाचन घोषणापत्रमा प्राथामिकता दिन माग


  •    न्युजभित्तो/१९ कार्तिक २०८२, मंगलवार १२:२७ 
  • काठमाडौँ, १८ कात्तिक । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक पार्टीबाट जारी हुने घोषणापत्रमा बालबालिकाका विषयलाई प्राथामिकता दिन माग गरेको छ ।
    सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन र अन्य कुनै पनि राजनीतिक गतिविधिमा बालकालिकालाई प्रयोग नगर्न समेत आग्रह गरिएको छ । प्रतिनिधिसभाको निर्वाचनमा मतदान केन्द्र विद्यालयमा नराख्न र निर्वाचन आचारसंहितामा यस्ता विषय समावेश गरी कार्यान्वयन गन सो अभियानले माग गरेको छ ।
    बालअधिकार महासन्धि, १९८० को नेपाल पक्ष राष्ट्र भएको र नेपालको संविधानको मौलिक हकमा कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने व्यवस्थाबारे सिजपले स्मरण गराएको छ ।
    बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६ मा बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पाइने छैन भनी उल्लेख गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् बनेको सरकारले  हालसम्म महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त नगरेकामा विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरिएको छ ।
    अठार वर्षभन्दा कम उमेरका बालबालिकालाई जस्तोसुकै असहज परिस्थितिमा उनीहरूको शिक्षा, स्वास्थ्य, संरक्षणको अधिकार सुनिश्चित गर्न विद्यालय बन्द, हडताल, ¥याली, सभा, आदिमा हुनसक्ने र पर्नसक्ने जोखिमबाट पनि प्रभावित हुन नदिइ संरक्षणको व्यवस्था गर्न माग गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.