सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले सचिवालय बैठक शनिबार बस्ने


  •    न्युजभित्तो/१२ कार्तिक २०८२, मंगलवार १२:४२ 
  • काठमाडौँ, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ ।

    गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११आँै महाधिवेशन आगामी मङ्सिर २७ देखि मङ्सिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो ।

    पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ । सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने बताइएको छ । सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्ने छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.