सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपसभामुखद्वारा निर्वाचनलाई महत्वपूर्ण अवसरका रुपमा उपयोग गर्न आग्रह


  •    न्युजभित्तो/११ कार्तिक २०८२, सोमबार १२:०१ 
  • काठमाडौँ, १० कात्तिक । उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्वपूर्ण अवसरका रुपमा उपयोग गर्न व्रतालुलाई आग्रह गर्नुभएको छ । 
    उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्व–२०८२ का पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।  उहाँले भन्नुभएको छ, “छठ पर्वको अवसरमा हामी सबैले एक–अर्काप्रति हार्दिकता, आदर र सहकार्यको भावना बढाउँदै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षण गर्ने संकल्प लिनुपर्छ ।”
    नेपाल विविध भाषा, संस्कृति र धर्मसँगै बसोबास गर्ने समुदायको साझा घर भएको उल्लेख गर्दै उहाँले हरेक समुदायले आफ्नो आस्थाअनुसार चाडपर्वहरू मनाउनु र अन्य समुदायका पर्वहरूमा हार्दिकतापूर्वक सहभागी हुनु हाम्रो एकताको सुन्दर परिचय भएको बताउनुभएको छ । नेपालको संविधानले यस्तै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विविधतालाई आत्मसात गर्दै सबै नागरिकबीच सम्मान र एकताको भावना स्थापनाको आधार तयार गरेको उपसभामसुख रानाको भनाइ छ । 
    पारिवारिक सुख, शान्ति र कल्याणको कामना गर्दै सूर्य देवताको आराधना गर्ने यो पर्व अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर प्रकृति, जीवन र श्रमप्रति आस्था प्रकट गर्ने हाम्रो मौलिक सांस्कृतिक परम्पराको प्रतीक हो । छठ पर्वले हाम्रो व्यक्तिगत र सामाजिक जीवनमा प्रकाश, आशा र सकारात्मक ऊर्जा भर्ने पर्व हो । सन्देशमा भनिएको छ, “छठ पर्वले हामी सबैमा एकता, आपसी सद्भाव, सहकार्य र देशप्रतिको निष्ठाको भावना जगाओस्, राजनीतिक स्थिरता, विश्वसनीयता र सुशासन स्थापना गर्दै समुन्नत नेपाल निर्माण गर्ने मार्गमा हामी सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.