सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ: सभामुख घिमिरे


  •    न्युजभित्तो/११ कार्तिक २०८२, सोमबार ११:५६ 
  • काठमाडौँ, १० कात्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 
    सभामुख घिमिरेले छठ पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “युवा पुस्ताको आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई शान्ति र स्थायित्वमा रूपान्तरण गर्न सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र नेपाली जनताबीचको साझा सहकार्य आवश्यक छ, युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजलाई सम्बोधन गर्न हामी सबैको साझा प्रतिबद्धता अपरिहार्य छ ।”
    उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै यो पर्वले समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक विभेद र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने अपेक्षा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “सूर्यदेवको आराधना र छठी माताको कृपाले हामी सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
    वैदिक सनातन परम्परामा आधारित यो पर्व सूर्यदेव र छठी माताको आराधनाका रूपमा मनाइन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने यो विशिष्ट पर्वले समानता, पवित्रता र सामूहिक सहअस्तित्वको सन्देश बोकेको सभामुख घिमिरेको भनाइ छ । उहाँले छठ पर्वले हामीलाई प्रकृति र मानवबीचको गहिरो सम्बन्ध, सूर्यको अनन्त ऊर्जा र मेहनतको मूल्य स्मरण गराउने गरेको बताउनुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.