सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चारमन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित


  •    न्युजभित्तो/३० आश्विन २०८२, बिहीबार १६:०१ 
  • काठमाडौँ, ३० असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।

    हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले आज जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई उक्त सम्मान प्रदान गरिएको हो । संस्थाका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले मन्त्री खरेललाई दोसल्ला ओढाएर ताम्रपत्र र नगदसहित सम्मान गर्नुभयो ।

    सञ्चारमन्त्री खरेललाई पत्रकारिता विधामा खासगरी टेलिभिजन पत्रकारिताका माध्यमबाट मुलुक र जनताको आवाजलाई मुखरित गरी जनताको सच्चा पहरेदारी र पैरवी गरेबापत उक्त सम्मान प्रदान गरिएको हो । अढाइ दशकदेखि पत्रकारिता र सञ्चारकर्ममा क्रियाशील खरेलको नेपाली पत्रकारितालाई नयाँ उचाइमा स्थापित गर्न महत्त्वपूर्ण योगदान रहेको छ ।

    त्यसैगरी ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्यसङ्गीत सम्मान’बाट वरिष्ठ गायिका मीरा राणा र धिरज राई सम्मानित हुनुभएको छ । रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रङ्गकर्मी स्वर्गीय हरिप्रसाद रिमालको साथमा उहाँकी धर्मपत्नी कल्याणी रिमालका नाममा स्थापित उक्त पुरस्कार तथा सम्मान सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

    सो अवसरमा सञ्चारमन्त्री खरेलले सञ्चार कर्म गरेबापत प्राप्त सम्मानले थप ऊर्जा र प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “म यहाँ मन्त्रीका रूपमा आएको छैन । असोज ५ गतेसम्मको क्रियाशील सञ्चारकर्मी हुँ । अहिले भूमिका फरक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेको छु । गरिमामय संस्थाबाट सञ्चारकर्मीकै नाताले यति ठूलो सम्मान ग्रहण गर्ने निधो गरेँ ।”

    सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले अबको पाँच महिनाभित्र जेनजी आन्दोलनको भावनाअनुरुप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने उल्लेख गर्नुभयो । “अबको पाँच महिनाको अवधिभित्र खासगरी जेनजी आन्दोलनले दिएका ‘म्यान्डेड’हरू पूरा गर्नुपर्ने छ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्राप्त म्यान्डेड सफलताकासाथ पूरा गर्न हामी अहोरात्र खटिइरहेका छौँ”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.