सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायकः उपराष्ट्रपति यादव


  •    न्युजभित्तो/२९ आश्विन २०८२, बुधबार १२:३१ 
  • काठमाडौँ, २९ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताउनुभएको छ ।
    विश्व हात धुने दिवस, २०२५ को शुभकामना व्यक्त गर्दै उहाँले यो दिवसले सबैलाई स्वच्छता र स्वास्थ्यप्रति सजग रहन टेवा पुग्ने र यस अवसरमा आयोजना हुने जनचेतनामूलक कार्यक्रमले हात धुनुको सरल र प्रभावकारी अभ्यासलाई जीवनशैलीमा समावेश गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    विश्व हात धुने दिवस ९अक्टोबर १५० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा स्वच्छ, सुरक्षित र स्वस्थ जीवनका लागि उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
    उपराष्ट्रपति यादवले नियमित हात धुँदा विभिन्न रोगको जोखिम कम हुनुका साथै यसले सामाजिक लाभ, आर्थिक बचत र दीर्घकालीन स्वास्थ्य सुरक्षाको सुनिश्चितता प्रदान गर्ने बताउनुभयो ।
    “विश्व हात धुने दिवसको सार्थकता तब मात्र पुष्टि हुन्छ । जब सबैले हात धुनुलाई आफ्नो दैनिक जीवनको अभिन्न हिस्सा बनाउँछन्, त्यसैले सबैले स्वच्छता र स्वास्थ्यप्रति प्रतिबद्ध रहँदै नियमित हात धुने अभ्यास गरौँ र स्वस्थ समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गरौँ”, उहाँले भन्नुभयो । 
    हात धुनु हैजा, झाडापखाला, रुघाखोकी, निमोनियालगायत सङ्क्रमणजन्य रोगबाट बच्ने सजिलो, सस्तो र प्रभावकारी उपाय हुन् । साबुन र पानीको प्रयोग गरी कम्तीमा २० सेकेण्डसम्म हात धुनु, औँलाहरू, नङहरू राम्ररी सफा गर्नु, हात सफा गरी खाना पकाउनु र खानुअघि, बाथरुम प्रयोग गरेपछि, खोक्दा वा हाछ्युँ गर्दा, नाक छोएपछि हात धुनु अत्यावश्यक छ ।
    यसले व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई रोगमुक्त बनाउने दिशामा योगदान पुर्‍याउँछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.