सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल


  •    न्युजभित्तो/२६ आश्विन २०८२, आईतवार १६:२२ 
  • काठमाडौँ, २६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताउनुभएको छ ।

    उक्त विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नु परेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिनुभयो । सञ्चार मन्त्री खरेलले भन्नुभयो, “यो दर्ता प्रक्रिया सम्भवत तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न अहिले धेरै साथीहरुले झण्झट बेहोर्नुभएको छ । छिट्टै विभागले सहजीकरण र सेवा सुविधा उपलब्ध गराउने छ ।”

    आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मनसुनसम्बन्धी विपद् र दसँै परेकाले प्रक्रियागतरुपमा मिलाउन पर्ने भएकाले केही समय लागेको जनाउँदै मन्त्री खरेलले आगामी मन्त्रिपरिषद्बाट निर्णयभएपछि राजपत्रमा प्रकाशित हुनासाथ दर्ता र नवीकरण प्रक्रिया अघि बढने विश्वास दिलाउनुभयो ।

    अरु सरकारी निकाय जस्तो ढिलासुस्तीको अनुभूति सूचना प्रविधि विभागसँग नरहेको जनाउँदै उहाँले जनता र पत्रकारसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले सबै सेवाग्राहीलाई विधि र प्रक्रियाको सहजीकरणमा आवश्यक सहयोग हुँदैआएको बताउनुभयो ।

    मन्त्री खरेलले भन्नुभयो, “तपाईंहरुले गर्ने सेवा, सुविधा र व्यवहारले पत्रकार र जनतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । सीमित स्रोत, साधन र जनशक्तिकाबीचमा पनि राम्रो सेवा प्रवाह भएको छ । अनलाइन नवीकरण यहीँबाट होस् भन्ने चाहना राखेर मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।”

    उहाँले वर्तमान सरकारलाई प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने तथा सुशासनको अनुभूत हुने गरी काम अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो । सरकारले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने र मन्त्रालय मातहतका निकायमा परिणाम आउने काम अघि बढाइ आगामी दिनमा सेवा प्रवाहलाई छिटो र सरल तुल्याउने आधारशिला स्थापित गर्न हरसम्भव प्रयत्न हुने दृढता व्यक्त गर्नुभयो ।

    मन्त्रालयका सचिव राधिका अर्यालले अनलाइन मिडिया दर्ता र नवीकरण तथा पत्रकारका अन्य माग मुद्दालाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

    विभागका महानिर्देशक उदयबहादुर रानामगरले विभागले सञ्चारकर्मीको हकहित र सहजीकरणका लागि काम गरिरहेको जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक करोडमा वडा कार्यालय भवन निर्माण
    अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा
    • शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    • कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.