सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फेरि अध्यक्ष नै बस्न खोज्यो भन्ने आशंका नगरियोस् : प्रचण्ड


  •    न्युजभित्तो/१० आश्विन २०८२, शुक्रबार १७:४७ 
  • काठमाडौँ, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको अन्तिम समयसम्म जिम्मेवारी, पार्टी, आन्दोलन, देशप्रति सक्रिय रहने बताएका छन् । शुक्रबार राजधानीमा जारी केन्द्रीय समिति बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले अन्तिम समयसम्म जिम्मेवारीबाट विश्राम नलिने जवाफ दिएका हुन् । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले अहिलेकै नेतृत्वबाट पार्टी अगाडी जान नसक्ने भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पेस गरेका थिए ।

    ‘म यति वर्षपछि छोड्छु भन्ने, छोडेर सुख पाइने चीज होइन भन्ने छ मेरो बुझाइ । तर त्यसको अर्थ बिलकुल के नलागोस् भने अध्यक्ष नै बस्न खोजेको, महाधिवेशन गरेको दुराशयपूर्ण छ भन्ने, प्रिय कमरेडहरू, यो स्तरको आशंका नगरियोस्’, प्रस्ट पार्दै उनले भने– ‘यो पार्टी सामान्य रूपमा रूपान्तरण हुने स्थिति नदेखिएपछि आखिरमा उपाय के हुन सक्छ त भन्दा हामी तलसम्म बहस पुर्‍याउनु, छलफल पुर्‍याउनु, हजारौँ र लाखौँ पार्टीका सदस्यहरूका विचार र भावनाहरूलाई केन्द्रित गर्नु, ती सबैलाई सम्मेलन र प्रतिनिधि निर्वाचन हुँदै महाधिवेशनसम्म ल्याएर केन्द्रित गर्ने भन्दा वृहत् जनवादी अभ्यासहरू केही हुनै सक्दैन ।’

    पार्टीका निर्णयविपरित पदाधिकारीबाट नै बाहिर जनतालाई निराश पार्ने ढङ्गले, पार्टीका हजारौँ र लाखौँ इमानदार कार्यकर्ताहरूलाई कन्फ्युज्ड गर्ने किसिमले गतिविधि गरेको उनले आरोप लगाए । उपमहासचिव शर्माप्रति लक्षित गर्दै प्रचण्डले पार्टी निर्णय प्रस्ताव तल पुग्दा नपुग्दै फेरि हामी पदाधिकारीहरूमध्येबाट नै आफ्ना–आफ्ना भनाइ, आफ्ना–आफ्नै तरिकाले बाहिर व्यक्त गर्ने परिस्थिति जेनजी आन्दोलनभन्दा अगाडि बनेको बताए । अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा जाने घोषणा गर्नुको अर्थ अध्यक्षमै बस्न खोजेको वा महाधिवेशन गर्न दुराशयपूर्ण भन्ने अर्थ नलागोस् भनेका छन् ।

    ‘त्यसको अर्थ बिल्कुल के नलागोस् भने, अध्यक्ष नै बस्न खोजेको, महाधिवेशन गरेको दुराशयपूर्ण छ भन्ने, प्रिय कमरेडहरू, यो स्तरको आशंका नगरियोस् । यो पार्टी सामान्य रूपमा रूपान्तरण हुने स्थिति नदेखिएपछि विशेष महाधिवेशनको प्रस्ताव गरिएको हो’, उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.