सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिनुहुँदैन’


  •    न्युजभित्तो/९ आश्विन २०८२, बिहीबार १३:५० 
  • काठमाडौँ, ९ असोज । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दललाई फेरि टाउको उठ्न नदिनुपर्ने बताएका छन्।

    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अब नयाँ र वैकल्पिक शक्तिले देशको नेतृत्व लिनुपर्ने धारणा राखे। उनले जेन–जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले युवाप्रति प्रतिबद्ध हुनुपर्ने र पुराना दलतर्फ ढल्किए इतिहासले लेखाजोखा गर्ने चेतावनी दिए।

    भट्टराईले जेन–जी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भीर त्रुटी भएको आरोप लगाए। उनका अनुसार सुरक्षाकर्मीहरूले युवामाथि बल प्रयोग गरे, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जलेर नष्ट हुँदा पनि सरकारले पालेर राखेको सुरक्षा निकाय तमासे जस्तै बसे।

    उनले भने, सरकारको प्रतिबद्धता विद्रोही शक्तिसँग हुनुपर्छ, उनीहरूको सल्लाहमा काम गर्नुपर्छ। कुनै बहानामा पुराना शक्तिहरूलाई बचाउने काम भयो भने इतिहासले हिसाब गर्नेछ। पूर्ण रूपमा भ्रष्टीकृत दललाई फेरि अवसर दिनु हुँदैन, अब नयाँ शक्ति र वैकल्पिक नेतृत्व आवश्यक छ।

    उनले मुलुकलाई शासकीय सुधारमार्फत दिगो विकासको बाटोमा लैजान युवाले संस्थागत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.