सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्री घिसिङसँग बेलायती राजदूतको शिष्टाचार भेट


  •    न्युजभित्तो/७ आश्विन २०८२, मंगलवार १६:१५ 
  • काठमाडौं, ७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित संयुक्त अधिराज्य  बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
    ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई  बेलायतका राजदूत फेनले बधाई दिनाका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
    भेटमा मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रुपमा क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभएको थियो । त्यसैगरी उहाँले नेपालको आर्थिक विकासमा बेलायतले गरेको सहयोगको सराहना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउन ‘चार्जिङ स्टेसन’ स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताउनुभएको थियो । 
    सो अवसरमा राजदूत फेनले बेलायत नेपालको पुरानो मित्र भएको र नेपालको सफलता तथा आर्थिक रुपान्तरणमा निरन्तर सहयोग रहने उल्लेख गर्नुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.