सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’


  •    न्युजभित्तो/५ आश्विन २०८२, आईतवार १३:२५ 
  • काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज आफ्नो निवासमा पत्रकार सम्मेलन गरी जेनजीको प्रदर्शनका क्रममा घुसपैठ गर्ने केही समूहले लोकतान्त्रिक मूल्यमान्यताप्रति आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो ।
    “संसद् नभए पनि हामीले यसको विरोध गरेका छैनौँ, तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ, संसद् भएरै पनि यसलाई अझै संविधानसम्मत बनाउन सकिन्थ्यो, त्यसमा त्रुटी भएको छ,” प्रवक्ता डा महतले भन्नुभयो ।
    वर्तमान अवस्थाबारे पार्टीभित्र गम्भीर छलफल र बहस हुने उहाँले बताउनुभयो । चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्दति र जननिर्वाचित सरकार जरूरी रहेको प्रवक्ता डा महतको भनाइ थियो । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन र व्यक्तिका घर तथा व्यवसायमा आगजानी गरिनु दुःखद र निन्दनीय कार्य भएको उहाँले बताउनुभयो ।
      “लोकतन्त्र, नागरिक अधिकार र देशको प्रगतिमा ईश्या गर्ने शक्तिबाट यस्तो काम भएको छ, यसको घोर निन्दा गर्दछु,” प्रवक्ता डा महतले भन्नुभयो । उहाँले राजनीतिक दलका सबै नेता भ्रष्ट हुन् भन्ने भाष्य गलत भएको बताउनुभयो । लोकतन्त्र प्राप्तिको लडाइँमा लामो समय लड्ने व्यक्ति कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तीमाथि भएको आक्रमणप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले पछिल्लो घटना तथा पार्टीको महाधिवेशनका बारेमा सन्तुलित, संयमित र सघन रुपमा छलफल गरेर नित्कर्षमा पुगिने उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.