सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह


  •    न्युजभित्तो/३ आश्विन २०८२, शुक्रबार १५:३९ 
  • जनकपुरधाम, ३ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ ।

    मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका रुपमा व्याख्यासमेत गर्नुभयो । साथै उहाँले वर्तमान संविधानले सबै वर्ग, जातजाति, समुदायलाई कानुनी रुपमा समान अधिकार दिलाउनका लागि विशेष योगदान गरेकाले यसको सुरक्षा आवश्यक रहेको बताउनुभयो ।

    सो अवसरमा मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको अधिकारलाई सुनिश्चित गरेको तथा सबैलाई समान अधिकार दिएको विचार व्यक्त गर्नुभयो । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारमा रहेर सबैले मर्यादित भई आफ्नो अधिकारलाई पूरा गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यावन्यनमा सरकार तथा जनप्रतिनिधि दुवैले जिम्मेवारीपूर्वक तथा जनउत्तरदायी भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

    मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधानको सफल कार्यावन्यन तथा त्यसको पालनका लागि सुशासन र शान्तिसुरक्षा तथा उतरदायी सञ्चारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । समारोहमा विभिन्न राजनीतिक पार्टीका नेता, सांसद तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालयका कर्मचारीको सहभागिता थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.