सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधानसँगै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकताः मुख्यमन्त्री कँडेल


  •    न्युजभित्तो/३ आश्विन २०८२, शुक्रबार ११:५६ 
  • कर्णाली, ३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानसँगै मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुभकामना सन्देश सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त तथा यो व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरुप्रति सम्मान प्रकट गर्दै मुख्यन्त्री कँडेलले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको दिन ऐतिहासिक र महत्वपूण दिन हो भन्नुभयो ।

    आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, “संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो । यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको सम्बोधन लागि तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकारजस्ता मागहरु लिएर सडकमा आएको जेनजी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाका कारण उत्पन्न परिस्थितिले यतिबेला हामी सबैसामु गम्भीर चुनौती आएको छ ।”

    लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा कहिल्यै कल्पना गर्न नसकिने गरी जेनजीको प्रदर्शनमा भएका त्यस प्रकारका घटनाले लोकतन्त्र र समृद्धिका पक्षधरहरु एकपटक फेरि राष्ट्र, राष्ट्रियता र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एक ठाँउमा उभिनुपर्ने र संविधानसँगै प्राप्त उपलब्धिहरुको जोगाउनुपर्ने अवस्था सिर्जना भएको बताउँदै मुख्यमन्त्री कँडेलले यो विषयलाई गम्भीरतापूर्वक लिन लोकतन्त्र पक्षधरहरु सबैलाई अनुरोध गर्नुभएको छ ।

    संविधान जारीपछि आवधिक निर्वाचनका माध्यमबाट तीन वटै तहका सरकारले विकास र समृद्धिको लय समाइरहेको अवस्थामा पछिल्लो घटनाक्रमले मुलुकलाई फेरि दशकौँ पछाडि धकेल्न भएको प्रयत्नको प्रतिवाद र नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिने गरी भरोसा बढाएर जानुपर्ने उहाँको भनाइ छ । वास्तविक यथार्थतालाई स्वीकार्दै सच्चिएर जानुपर्ने र सङ्घीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्थालगायतका महत्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतका साथ गरिएका असंवैधानिक एवं अराजक गतिविधिबाट मुलुकलाई बचाउन सबै लोकतन्त्र एवं गणतन्त्रवादी शक्तिहरु एकताबद्ध हुन उहाँले हार्दिक अनुरोध गर्नुभएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.