सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल


  •    न्युजभित्तो/३ आश्विन २०८२, शुक्रबार ११:५३ 
  • काठमाडौँ, ३ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
    संविधान दिवसका अबसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्न आवश्यक छ ।”
    अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन, अन्य न्यायप्रेमी आन्दोलनहरु साथै भर्खरै मात्र भएको जेनजीको प्रदर्शन समेतमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति  श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।
    प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु हाम्रो संविधानको विशेषता भएको उहाँको भनाइ छ ।
    “संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार त भएको छ तर अहिले पनि संविधान निर्माण गर्दा परिकल्पना गरिएको सुशासन र आर्थिक समृद्धि सहितको समुन्नत राष्ट्र निर्माणतर्फको यात्राले अपेक्षित गति लिन सकेको छैन”, सन्देशमा भनिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.