सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्छः प्रदेश प्रमुख देवकोटा


  •    न्युजभित्तो/३ आश्विन २०८२, शुक्रबार ११:४७ 
  • बागमती, ३ असोज । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 
    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले संविधानको अक्षरशः पालना र कार्यान्वयन भए मुलुक समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो । 
    केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएका आजको दिनलाई उत्सवको दिनको रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ । 
    संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारबाला सबैले आ–आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्नुहुँदै उहाँले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवसले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । 
    संविधान जारी भएको १० वर्षमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन भएको र संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यताहरु समेटिएको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले सकारात्मक कामको पहलमा सबैको एक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.