सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछः मुख्यमन्त्री आचार्य


  •    न्युजभित्तो/३ आश्विन २०८२, शुक्रबार ११:४३ 
  • लुम्बिनी ३, असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताउनुभएको छ ।

    संविधान दिवस–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

    मुख्यमन्त्री आचार्यले संविधानले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई अङ्गीकार गर्दै नागरिकका मौलिक हक–अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, कानुनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको उद्देश्यलाई अघि सारेको स्मरण गराउनुभएको छ ।

    प्रदेश सरकारले संविधान, दिगो विकास लक्ष्य, अन्तरराष्ट्रिय प्रतिबद्धता र दोस्रो आवधिक योजनालाई आधारमानी नीतिगत, संरचनात्मक र कानुनी सुधारका कार्य अघि बढाइरहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभएको छ । सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेही कार्यशैली र नागरिकका गुनासाहरूको समयमै सम्बोधनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

    भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइसकेको बताउँदै उहाँले युवा पुस्ताको चाहनाअनुरूप प्रदेश सरकार थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढ्नेमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

    संविधान दिवसले आपसी एकता, सहकार्य र समन्वयमा जोड दिन प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी र खुसी नागरिकको यात्रामा सबै सरोकारवालाको सक्रिय सहभागिताको समेत अनुरोध गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.