सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी गृहमन्त्री अर्याल


  •    न्युजभित्तो/२ आश्विन २०८२, बिहीबार १४:५५ 
  • काठमाडौँ, २ असोजक । गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताउनुभएको छ ।

    आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले जेनजी प्रदर्शनले पुनः जनतामा गएर वैधानिक मार्गबाट निर्वाचित भइ आउने अवसर प्रदान गरेकाले निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गर्नुभयो ।

    उहाँले प्रविधिको प्रयोगमार्फत विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने र जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउन पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । छलफलमा आयोगले हाल गरिरहेको काम र सरकारसँगको अपेक्षा प्रस्तुत गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.