सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन


  •    न्युजभित्तो/२ आश्विन २०८२, बिहीबार १३:२२ 
  • काठमाडौँ, २ असोजक । गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानुभई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

    गृहमन्त्री अर्यालले भन्नुभयो, “आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायताप्रति प्रहरीको आवश्यकता र महत्व पुष्टि भएको छ, तपाईंहरु उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस् ।”

    उहाँले नेपाल प्रहरीको कार्यक्षेत्रमा भएका कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । गृहमन्त्री अर्यालले कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो,“तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।” यसअघि गृहमन्त्री अर्यालले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी वृत्त महाराजगञ्जको क्षतिको स्थलगत अनुगमन गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखलगायतको भर्चुअल माध्याममार्फत उपस्थिति रहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.