सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिकामाथि हुने हिंसाको अन्त्य गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह


  •    न्युजभित्तो/२९ भाद्र २०८२, आईतवार १४:२० 
  • काठमाडौँ, २९ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै उनीहरूको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको बताउनुुभएको छ ।
    “बालबालिकाहरू केबल भविष्यका कर्णाधार मात्र होइनन्, उनीहरू सभ्य र समुन्नत समाज तथा समृद्ध नेपालको आधारशिला पनि हुन्, उनीहरूलाई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार तथा अनुशासित नागरिक बनाउन, उचित शिक्षा र सकारात्मक वातावरण प्रदान गर्नु अत्यावश्यक छ ।” उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र प्रतिभा विकासमा गरिएको लगानी नै दिगो तथा सुनिश्चित भविष्य निर्माणको बलियो जग बन्ने उहाँको भनाइ छ ।
    चिनियाँ दार्शनिक कन्फ्युसिएसको यो भनाइ स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “यदि तपाईंको योजना एक वर्षका लागि हो भने, धान रोप्नुहोस्, यदि तपाईंको योजना १० वर्षका लागि हो भने, रूख रोप्नुहोस् यदि तपाईंको योजना सय वर्षका लागि हो भने, बालबालिकालाई शिक्षित बनाउनुहोस् भन्ने भनाइ यस सन्दर्भमा मननीय रहेको छ ।”
    उहाँले हाम्रो संविधानले सुनिश्चित गरेका बालअधिकारलाई व्यवहारमा उतार्दै ‘बालबालिकामा लगानी’ मार्फत समृद्ध नेपालको सुनिश्चित भविष्य निर्माण गर्ने हाम्रो अभियानलाई सबल र प्रभावकारी बनाओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.